शेयर बजार घट्दा पनि पाँच कम्पनीमा सकारात्मक सर्किट, फाइनान्सका लगानीकर्ता मालामाल

२८ कार्तिक २०८१, बुधबार १५:१७

काठमाडौँ । साता कारोबारको चौथों दिन अथात बुधबार शेयर बजार दोहोरो अंकले घट्दा पनि पाँच वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ को बिन्दुमा कायम भएको छ ।

बुधबार सप्तकोशी डेभलपमेन्ट, श्रीजनशील लघुवित्त, मक्कर जितुमाया हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज कारोबार भएका कम्पनीहरुमध्ये ९९ वटाको शेयरमूल्य बृद्धि भएको छ । जसमा फाइनान्स सेक्टरका लगानीकर्ताहरु मालामाल बनेका छन् । वित्तीय विवरणमा कमजोर देखिएका फाइनान्स कम्पनीहरुमो मुल्य वृद्धिले नागरिक प्रफुल्लमा परेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*