फाइनान्स सेक्टरमा झुम्मिए लगानीकर्ता, जानकी र पोखरा फाइनान्सको सर्बाधिक कारोबार
२८ कार्तिक २०८१, बुधबार १५:०६
काठमाडौँ । साता कारोबारको चौथों दिन अथात बुधबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेपनि आज जानकी फाइनान्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ३३ करोड ८६ लाख ३३ हजार रुपैयाँ र दोस्रोमा पोखरा फाइनान्सको २५ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड रुपैयाँ, समृद्धि फाइनान्सको पनि २१ करोड रुपैयाँ र पिपल्स हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।