१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

२८ कार्तिक २०८१, बुधबार १२:५२

काठमाडौं । सरकार आज अर्थात् कात्तिक २८ गते १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन तयारी अवस्थामा रहेको छ। ‘विकास ऋणपत्र–२०८७’ को माध्यमबाट उठाउन लागिएको यो ऋणको अवधि ६ वर्षको हुनेछ भने यसमा लगानीकर्ताका लागि ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ।

सरकारको यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था, र नेपाली नागरिकहरूले खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। यस ऋणपत्रलाई धितो राखी कर्जा पनि लिन र दिन सकिने भएकाले यसमा वित्तीय संस्थाहरूको रुचि बढ्न सक्ने सम्भावना छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो बोलकबोल प्रक्रिया बुधवार बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म सञ्चालन हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*