सूर्यज्योति लाइफको खुद नाफा बढ्यो, जीवन बीमा कोष ३६ अर्बमाथि

२८ कार्तिक २०८१, बुधबार ०८:०६

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशत बढी हो । गत वर्षको यसै समयमा कम्पनीको यस्तो नाफा ११ करोड २५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष २२.२८ प्रतिशतले वृद्धि भएर ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ पुगेको छ। यो गत वर्षको यसै समयमा २९ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ थियो ।

असोज मसान्तसम्म कम्पनीले २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा १० प्रतिशत बढी हो। गत वर्ष यसै समयमा कम्पनीको खुद बीमाशुल्क आम्दानी २ अर्ब २३ करोड रुपैयाँभन्दा बढी थियो।

असोज मसान्तसम्म कम्पनीले बीमितहरूलाई ७० करोड ७७ लाख रुपैयाँको दाबी भुक्तानी दिएको छ। जुन गत वर्षको तुलनामा ३५.९१ प्रतिशत वृद्धि भएको हो। असोज मसान्तसम्म आइपुग्दा कम्पनीको कुल आम्दानी १३.३७ प्रतिशतले वृद्धि भएको छ भने कुल खर्च १३.७७ प्रतिशतले वृद्धि भएको छ।

चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ३३ करोड रुपैयाँबढी सञ्चिति रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ९.२० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४३.५९ रुपैयाँ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*