सेन्ट्रल फाइनान्सको साढे १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

२१ भाद्र २०७८, सोमबार ११:४३

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको १ लाख ५४ हजार ४४९ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

फाइनान्सका संस्थापक शेयरधनी भिमबहादुर थापा, रामहरी कार्जी, गौरी शंकर कोजू, जितेन्द्र खायमली, गेणश बज्र बज्राचार्य, मित्रलाल खागी, कृष्णप्रसाद भुजु, बेनुका जोशी, सानुकाजी त्वानाबासुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि अनुमति मागेकोमा कम्पनीले सो शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पूर्ण विवरण खुलाई संस्थाको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर वा शेयर रजिष्ट्रार एनएमबी क्यापिटल मार्केट्स लिमिटेड काठमाडौमा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाइने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*