एनएफआरएस कम्प्लायन वित्तीय विवरण तयार, अब यस्तो हुन्छ बीमा कम्पनीको वित्तीय विवरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्ड( एनएफआरएस)को रिक्स वेस क्यापिटल अन्तर्गतको व्यवस्था लागू गरेको छ।
पहिलो चरणमा बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा एनएफआरएस लागू गर्न बीमा प्राधिकरणले बीमा कम्पनीहरुसँग लामो छलफल गरि वित्तीय विवरणको डिस्क्लेजहरु परिमार्जन गरि थप गरिएको छ।
बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण अनूसूची परिमार्जन लाइफ, ननलाइफ दुबैमा गरिएको छ।
जीवन बीमामा पहिला ११ बुँदा डिस्क्लोजर अब भने १७ मा पुगेको छ । ६ नयाँ बुँदा थपिएको छ।
निर्जीवन बीमामा भने ७ बुँदा डिस्क्लोजर अब भने १५ पुग्ने भएको छ। ८ नयाँ बुँदा थपिएको छ।
त्रैमासिक वित्तीय विवरण र वार्षिक वित्तीय विवरणको स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसन, स्टेटमेन्ट अफ प्रोफिट एण्ड लस तथा स्टेटमेन्ट अफ अदर कम्प्रेहेन्सिभ इन्कम विवरणको प्रत्येक शीर्षकमा देखिएको रकमको भेरियन्स प्रतिवेदनसमेत पेश गर्नुपर्ने छ । निर्जिवन बीमा, जीवन बीमा तथा लघु बीमा कम्पनीहरुको वित्तीय विवरणको ढाँचा परिमार्जन गरिएको छ।