समता घरेलु लघुवित्तको एफपिओ यसै साता बाँडफाँटको तयारी, कति जना हुन्छन् मालामाल ?

२७ कार्तिक २०८१, मंगलवार १७:११

काठमाडौँ । समता घरेलु लघुवित्तको एफपिओ यसै साता भित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल यसै साता भित्र एफपिओ बाँडफाँटको तयारीमा जुटेको हो ।

क्यापिटलले भन्यो, ‘कम्पनीको एफपिओ यसै साता भित्र बाँडफाँट गर्ने गरि काम गरि रहेका छौं । हामी सकेसम्म कात्तिक २९ गते भित्र बाँडफाँट गरि सक्छौं होला । केहि समय अपुक भएको खण्डमा मात्रै अर्का साता जान सक्छ तर सकेसम्म यहि साता भित्र बाँडफाँट हुन्छ ।’

कम्पनीको एफपिओमा १४ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको एफपिओमा पाउनका लागि आवेदन दिएका १३ लाख ९९ हजार २९९ जनाको हात रित्तो हुने भएको हो ।

सिडिएसका अनुसार एफपिओमा अन्तिम दिनसम्म १४ लाख ३४ हजार ३८९ जनाले २ करोड १३ लाख २९ हजार ८९० कित्ताका लागि आवेदन दिएका थिए । जस मार्फत २ अर्ब १३ करोड २९ लाख ८९ हजार रुपैयाँ संकलन भएको हो । जुन मागभन्दा ६०.७८ गुणा बढी आवेदन हो ।

कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४ हकप्रद शेयर बिक्री खुला गरेको थियो । जसमा ३५ हजार ९० जनाले मात्रै १०।१० कित्ताका दरले एफपिओ हात पार्नेछन् । सोहि मध्येका ४ जनाले थप १ कित्ता शेयर पाउनेछन् ।

साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न अपुग पूँजी पुर्याउन हकप्रद निष्काशन गरेको थियो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । एफपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*