महुली लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

२७ कार्तिक २०८१, मंगलवार ०६:४९

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी कविता कुमारी चौधरीको नाममा रहेको ५ हजार कित्ता र सुरत लाल चौधरीको नाममा रहेको ६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाहरूले मात्रै किन्न पाउँछन्। इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित आफूले किन्न चोहेको शेयर विवरण खुलाई ७ दिनभित्र सप्तरीको अग्नीसाइर कृष्णासवरण–६ महुलीस्थित कम्पनी सविको कार्यालयमा निवेदन दिनु पर्नेछ। शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ।

साथै उक्त शेयर यसअघि नै संस्थापकहरूले मात्रै किन्न पाउँने गरी बिक्री खुला गरिसकिएको कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*