नबिल बैंकले ल्यायो नबिल डिजी वर्कस्पेस

२१ भाद्र २०७८, सोमबार ०६:३७

काठमाडौं । नबिल बैंकले “नबिल डिजी वर्कस्पेस” ल्याएको छ। यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने भएको छ। नबिल डिजी वर्कस्पेसको उद्घाट्न गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले कागजविहीन काम गर्ने वातावरण अबको आवश्यकता रहेको बताए। सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्वीकृत गरेका थिए ।

अत्यस्तै अबका दिनमा फाइल स्वीकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन् र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्वीकृत गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*