बीमा कम्पनीहरुको त्रैमासिक वित्तिय विवरणको ढाँचा परिमार्जन, कुन–कुन बिषय थपिए ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको त्रैमासिक वित्तिय विवरण सम्बन्धी परिपत्र संसोधन गरेको छ।
बीमा कम्पनीहरुले हालसम्म आफनो वित्तिय विवरणमा समावेश गर्दै आएको विवरण संसोधन गर्दै प्राधिकरणले नयाँ ढाँचा तयार गरेको हो।
कम्पनीले प्राधिकरणबाट जारी बीमकको त्रैमासिक वित्तिय विवरण सम्बन्धी परिपत्र, २०८० को अनुसूची १ अन्तर्गत अन्य विस्तृत विवरण खण्डमा संलग्न बमोजिम संसोधन गरिएको जनाएको छ।
आर्थिक वर्षको चौथो त्रैमासिक अवधिको त्रैमासिक वित्तीय विवरण र वार्षिक वित्तीय विवरणको स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसन, स्टेटमेन्ट अफ प्रोफिट एण्ड लस तथा स्टेटमेन्ट अफ अदर कम्प्रेहेन्सिभ इन्कम विवरणको प्रत्येक शीर्षकमा देखिएको रकमको भेरियन्स प्रतिवेदनसमेत पेश गर्नुपर्ने छ ।
निर्जिवन बीमा, जीवन बीमा तथा लघु बीमा कम्पनीहरुको वित्तिय विवरणको ढाँचा परिमार्जन गरेको छ।