जीवन बीमा अभिकर्ताको परीक्षा कात्तिक २५ देखि ३० गतेसम्म लगाातार हुदैँ
२३ कार्तिक २०८१, शुक्रबार १५:१६
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताहरुको परीक्षा कात्तिक २५ गते अर्थात आइतबारदेखि कात्तिक ३० गतेसम्म लगातार सञ्चालन हुने भएको छ । उक्त परीक्षा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।
कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७८९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम बीमा प्राधिकरणले अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्न लागेको हो ।
जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् । साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।