बाढीपहिरो पीडित बीमितलाई बीमा कम्पनीहरुले तिरे ४७ करोड दावी, शिखर इन्स्योरेन्सले तिर्यो २५ करोड
काठमाडौं । गत असोजको ११ र १२ गते भएको बाढीका कारण पुगेको क्षति व्यहोरेका बीमितहरुलाई नेपालका बीमा कम्पनीहरुले ४७ करोड ११ लाख ५८ हजार ६२७ रुपैयाँ दावी भुक्तानी तिरेका छन् । दावी भुक्तानी तिर्नेमा सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स रहेको छ ।
बाढी पहिरो पीडितहरुलाई शिखर इन्स्योरेन्स एक्लैले २५ करोड १९ लाख ८८ हजार ५५८ रुपैयाँ दावी भुक्तानी गरेको छ । नेपालमा छरितो दावी भुक्तानी गर्ने कम्पनीको पहिचान बनाउन सफल शिखरले १४ वटा बीमा कम्पनीले तिरेको कूल दावीको आधा भन्दा बढि रकम एक्लैले तिरेर उदाहरणीय काम गर्न सफल भएको छ ।
त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले दुई करोड ३४ लाख ९३ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । त्यस्तै सलिकोले चार करोड ३८ लाख रुपैयाँ दावी तिरेको छ ।
दोस्रो ठूलो दावी तिर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीले सात करोड ६७ लाख रुपैयाँ दावी तिरेको छ ।
दोस्रो ठूलो दावी तिर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीले सात करोड ६७ लाख रुपैयाँ दावी तिरेको छ ।
बाढी पहिरोमा परेका बीमितहरुलाई दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ७२ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्स तीन करोड ५५ लाख रुपैयाँ तिरेको छ । त्यस्तै, नेशनल इन्स्योरेन्स कम्पनीले २२ लाख रुपैयाँ, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एक करोड २५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले ५६ लाख ६९ हजार रुपैयाँ, सानिमा जिआईसीले ७८ लाख २५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले ९८ लाख ७७ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।
त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीले ५१ लाख १२ हजार रुपैयाँ, युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले ५१ लाख रुपैयाँ भुक्तानी तिरेको छ ।
यही असोजको दोस्रो साता गएको बाढीमा परी नेपालका बीमा कम्पनीहरुमा १० अर्ब ५३ करोडको बीमा दावी परेको छ । नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनी र चार वटा लघु निर्जीवन बीमा कम्पनी सहित कूल १८ वटा बीमा कम्पनीमा सो दावी परेको छ । १० अर्ब दावी पर्दा जम्मा ४७ करोड मात्रै भुक्तानी गरेको छ । अन्य कम्पनीहरुको दावी भुक्तानीको अवस्था दयनीय रहेको छ ।
बीमा प्राधिकरणले बाढी पहिरो पीडितलाई राहत दिन छरितो दावी भुक्तानी प्रक्रियाका लागि सहजिकरण गरेपनि बीमा कम्पनीहरुको दावी भुक्तानीको अवस्था भने अझै दयनीय नै देखिएको छ । बाढी पहिरो गएको झण्डै डेढ महिना पुग्न लाग्दा समेत बाढी पहिरो पीडित बीमितले दावी पाउन कठिनाई भोगिरहेका छन् ।