भौतिक मन्त्रालयले गर्‍यो निर्माण व्यवसायीलाई पाँच अर्ब भुक्तानी

२२ कार्तिक २०८१, बिहीबार १५:२७

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच अर्ब पाँच करोड रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी गरेको छ । भौतिक मन्त्रालय सचिव केशवकुमार शर्माले सो रकम भुक्तानी गरेको जनाएका हुन् ।

अर्थ मन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिएबमोजिम ६० प्रतिशत रकम भुक्तानी गरिएको उनले जानकारी दिए । आठ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्नेमा अझै तीन अर्ब ६६ करोड रुपैयाँ निर्माण व्यवसायीलाई दिन बाँकी रहेको उनले बताए ।

अर्थ मन्त्रालयमा निर्माण व्यवसायीको भुक्तानीका निम्ति रकम निकासा माग गरिए पनि विनियोजन विधेयकले गर्दा पहिलो तीन महिना भुक्तानी गर्न नसकिएको उनले उल्लेख गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*