नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजि २० अर्ब पुर्याएर स्वतन्त्र प्रतिस्पर्धा गर्न अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीलाई चुक्ता पुँजि २० अर्ब पुर्याएर बजारमा स्वच्छ प्रतिस्पर्धा गर्न निर्देशन दिएका छन् । नियामक निकाय प्राधिकरणका अध्यक्ष सिलवालले सरकारी कम्पनी र निजि कम्पनी दुवैलाई बीमा ऐन एउटै रहेको बताउँदै नियामकको निर्देशन अक्षरस पालना गर्न चेतावनी दिएका छन् ।
अध्यक्ष सिलवालले नेपाल पुनर्बीमा कम्पनीलाई सरकारी कम्पनी भन्दै आरक्षण नखोजेर बजारमा स्वतन्त्र व्यवसाय खोज्नुपर्ने बताए । अध्यक्ष सिलवालले नेपाल पुनर्बीमा कम्पनीमा ठूलो मात्रामा दावीहरु रोकिएको बताउँदै सिईओ भन्दा माथिको अथोरिटीका दावीहरु छरितो तरिकाले समाधान गर्न निर्देशन दिएका छन् ।
अध्यक्ष सिलवालले पुनर्बीमा दररेटबारे पनि समीक्षा गरेर अघि बढ्न आग्रह गरेका छन् । सिलवालले भने, १० वर्ष पुरानो दररेट राखेर हुन्छ रु प्राधिकरणका अध्यक्ष सिलवालले आतंकवाद बीमा शुल्क थोपरेर बीमितलाई भार पार्न नहुने बताउँदै अनिवार्य गरिएको आतंकवाद बीमा सम्बन्धी व्यवस्था अब ऐच्छिक हुनुपर्ने बताए ।
प्राधिकरणका अध्यक्ष सिलवालले नेपाल पुनर्बीमा प्राधिकरणमा अविछिन्न उत्तराधिकारवाला निकाय सम्बन्धी मान्यता समेत हराएर पुराना अध्यक्ष तथा कार्यकारीहरुले गरेको गरेका निर्णयहरु कार्यान्वयन नभएको सम्बन्धमा पनि ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष सिलवालले नेपाल पुनर्बीमा कम्पनीको ११ औं बार्षिकोत्सवको अवसरमा नेपालको नम्वर एक कम्पनी हुन सफलताको शुभकामना ज्ञापन गरेका छन् ।