आशा लघुवित्तको शेयर मूल्य समायोजन
२१ कार्तिक २०८१, बुधबार १६:२९
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आशा लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४.२५ प्रतिशत बोनस बापतको नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ९३५ रुपैयाँ ६७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ६९ रुपैयाँमा भएको थियो ।आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ ।