एकैदिन ५१९ रुपैयाँले घट्यो निर्जीबन बीमा समूहको शेयर

२० भाद्र २०७८, आईतवार १६:१४

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उच्च गिरावट आउँदा सबै समूह राताम्य भएका छन् । नेप्सेमा हालसम्मकै १०८ अंकले भारी गिरावट आउँदा निर्जीबन बीमा समूह र बीमा समूहमा पनि भारी गिरावट आएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । प्रतिशतको आधारमा अघिल्लो कारोबार दिनको तुलनामा सर्वाधिक फाइनान्स समूहमा ८.०१ प्रतिशतले गिरावट आएपनि रुपैयाँका आधारमा सर्वाधिक निर्जीबन बीमा समूहमा उच्च गिरावट आएको हो।सो समूहमा आज अघिल्लो कारोबार दिनको तुलनामा ३.८५ प्रतिशत ५१९ रुपैयाँ ४६ पैसाले घटेर १२ हजार ९७६ रुपैयाँ ७८ पैसामा कायम भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*