१० अर्ब पुँजी र २० प्रतिशत स्वदेशमै अनिवार्य रि इन्स्योरेन्स लागू गरेको पुनर्बीमा कम्पनीले पार गरेको एक दशक
काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स कम्पनी आजबाट ११ औं वर्षमा प्रवेश गरेको छ । १० अर्बको पुँजी खडा गरेर शुभारम्भ गरेको पुनर्बीमा कम्पनीले स्थापनाको एक दशक पार गरिसकेको छ ।
नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल कार्तिक २१ गते अर्थात आजकै दिनबाट औपचारिक शुभारम्भ गरिएको थियो।
अर्थमन्त्री डा. रामशरण महतको प्रमुख अतिथ्यता र तत्कालिन बीमा समितिका अध्यक्ष फत्त बहादुर केसीको संयुक्त उपस्थितीमा शुभारम्भ गरिएको पुनर्बीमा कम्पनीले आज ११ औं बार्षिकोत्सव मनाउन सफल भएको छ।
कोष २०६०र६१ मा स्थापना भएको हो । त्यसभन्दो केही समय अघि पेन्टागनको ट्वीन टावरमा हवाई आक्रमण भएको थियो । त्यसपछि अन्तरराष्ट्रिय बजारका बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरु हच्कीए । त्यो घटना पछि पुनर्बीमा कम्पनीहरुले त आतंकवाद सम्बन्धी बीमाको पुनर्बीमा नै गर्न छोडे । त्यसबेला नेपालमा पनि मोओवादी जनयुद्ध कायमै थियो ।
फलस्वरुप नेपालमा पनि ठुलो मात्रामा मानवीयन तथा आर्थिक क्षति भएको थियो । त्यही कारण बीमा कम्पनीहरुमा पनि दावी बढ्दै गएको थियो । त्यो अवस्थामा हामीलाई आतंकवाद सम्बन्धी पुनर्बीमा गर्न आवश्यक थियो, जुन भइरहेको पनि थियो । तर, ट्विइन टावरमा भएको आक्रमणपछि विदेशी पुनर्बीमाहरुले पुनर्बीमा नै गर्न छोडे, त्यसपछि बाध्य भएर आकस्मीक बीमा कोष स्थापना गरेको हो ।
नेपाल सरकारले ५ करोड र बीमा कम्पनीहरुले ५ करोड गरेर १० करोडको पुँजीमा कोष स्थापना भएको हो । बिशेषगरि त्यसबेलाका बिभिन्न १४ ओटा निर्जीवन बीमा कम्पनीहरुको सक्रियतामै उक्त कोष स्थापना भएको हो । विदेशी कम्पनीले आतंकवादको पुनर्बीमा लिन छोडेपछि बीमा कम्पनीहरु आफै कोष स्थापनामा सक्रिय भएका हुन् । त्यो कोषले तत्कालिन समयमा आतंकवाद सम्बन्धी बीमाको मात्रै पुनर्बीमा गर्दथ्यो ।
२०६० सालमा स्थापना भएको आकष्मिक बीमा कोषलाई पुनर्बीमा कम्पनीमा परिणत गरिएको थियो । जसमा सरकारको ४३ प्रतिशत र बीमा कम्पनीहरुको ५७ प्रतिशत सेयर लगानी रहेको थियो । कम्पनीमा जीबन बीमा कम्पनीको १८ प्रतिशत र निर्जीबन बीमा कम्पनीहरुको सेयर हिस्सा ३९ प्रतिशत रहेका थियो ।
उत्त समय कम्पनीको अधिकृत पुँजी ५ अर्ब, र चुक्ता पूजी २ अर्ब १० करोड रुपैयाँ थियो । कम्पनीले सर्वसाधारणका लागि भने सेयर जारी गरेको थिएन । सर्वसाधारण सेयर जारी गरेका संस्थाहरु कम्पनीका प्रवर्द्धक भएकाले कम्पनीले सर्वसाधारण सेयर जारी गरेको थिएन् ।
माओवादी द्धन्द्ध उत्कर्षमा पुगेको समयमा विदेशी पुनर्बीमा कम्पनीले आतंककारी तथा विध्वंसात्मक क्रियाकलापवाट हुने क्षतिको क्षतिपूर्ति दिन अस्वीकार गरेपछि सरकारले आकष्मिक बीमा कोष स्थापना गरेको थियो ।
कम्पनीको स्थापनाको उद्देश्य आतंकवाद, हुलदंगा जस्ता जोखिम बहन गर्न कुनै पुनर्बीमा कम्पनी तयार नभएको हुंदा नेपाल भित्रै सबै बीमा कम्पनीहरु मिलेर एक कोष खडा गर्दै जांदा उक्त कोषमा हरेक वर्ष जम्मा हुन गएको मुनाफालाई पुनर्बीमा कम्पनीको पूंजीमा परिणत गरियो । अन्ततः यो कम्पनीले देश भित्रका बीमा कम्पनीहरुको सबै खालका जोखिमहरु बहन गर्नुको साथै विदेशी बीमक र पुनर्बीमकहरुको पनि जोखिम बहन गर्दै आइरहेको छ ।
सुरुमा १४ वटा निर्जीबन बीमा कम्पनीहरुले ३५ लाख ७१ हजार ४ सय २८ रुपैयाँका दरले ५ करोड रुपैयाँ र सरकारले ५ करोड रुपैयाँ रुपैयाँ बीउ पुँजीकोरुपमा रकम राखेर कोष स्थापना गरिएको थियो ।
पछि थप ३ ओटा निर्जीबन बीमा कम्पनीले पनि कोषमा अन्य कम्पनीले सरह पुँजी राखेपछि १७ ओटा निर्जीबन बीमा कम्पनीहरुको सेयर लगानी ६० करोड रुपैयाँभन्दा बढी भएको थियो ।कम्पनीले पहिलो वर्षनै ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिएर कम्पनी खोलिएको थियो ।
कम्पनीले कारोबार सुरु गरेको वर्षनै ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य समेत कम्पनीको पहिलो सिईओ रमेश लम्सालको रहेको थियो ।आर्थिक बर्ष २०७०र७१ मा . १ अर्ब १० करोड रुपैयाँ वाषिर्क कारोबार भइरहेको थियो । सो लाई आधार मानेर कम्पनीको पहिलो सिईओ लम्सालले प्रत्येक वर्ष २० देखि २५ प्रतिशत व्यवसाय वृद्धि गर्दै जाने योजना लिएका थिए ।
सुरुवाती दिनमा भारतीय पुनर्बीमा कम्पनीहरु मात्रै लगानी गर्न इच्छुक भएको थियो । भने हाल कम्पनीले भारतसहित अन्य देशहरुम पनि व्यवसाय विस्तार गर्न सफल भईसकेको छ।
पहिलो साधारणसभा नभएसम्मका लागि अर्थमन्त्रालयका सहसचिव तथा १ नम्बर कर कार्यालयका प्रमुख शोभकान्त पौडेलको अध्यक्षतामा पाँच सदस्यीस सञ्चालक समिति गठन गरिएको थियो । जसमा प्रुडेन्सियल इन्स्योरेन्स सिइओ बीकृष्ण महर्जन, नेपाल इन्स्योरेन्सका महाप्रवन्धक चन्द्रसिंह साउद, राष्ट्रिय बीमा कम्पनीको सिइओ रमेशराज भट्टराई र शिखर इन्स्योरेन्सको सिइओ दिप प्रकाश पाण्डे सञ्चालक रहेका थिए ।
पहिलो साधारणसभापछि ७ जनाको सञ्चालक समिति गठन हुने कानूनी व्यवस्था रहेको थियो । त्यसपछि दुई जना निर्जीबन बीमा कम्पनीबाट, जीबनबाट एक जना, स्वतन्त्र एकजना र सरकारबाट अध्यक्ष लगायत ३ जना रहेको थियो ।
कमपनीको हालको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले आर्थिक बर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्ममा ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन रहेको छ।
कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ, महाविपत्ति कोषमा २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ८ करोड ८७ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड ८० लाख रुपैयाँ रकम संचिति रहेको छ। ११ औं बार्षिकोत्सवको अवसरमा कम्पनीले आज विहानै काठमाडौंमा प्रभातफेरिको आयोजना गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको स्थापनाको ११ वर्षमा नेपालमा सञ्चालित बीमा कम्पनीहरुलाई पुनर्बीमाको विकल्प दिँदै ठूलो मात्रा पुँजि विदेशिनबाट रोक्न सफल भएको छ ।
प्रतिस्पर्धी बजारमा नेपाल पुनर्बीमा कम्पनीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै सफलताको शिखरमा कायमै रहन सफल भएको छ । नेपाल पुनर्बीमा कम्पनीले नेपाली बीमा कम्पनीहरुको मात्रै बीमा व्यवसाय नगरी अन्तर्राष्ट्रिय जगतमा समेत आफ्नो दरिलो उपस्थिति दर्शाउन सफल भएको छ ।
पुनर्बीमा भनेको अन्तर्राष्ट्रिय व्यवसाय भएको कुरा नेपाल पुनर्बीमा कम्पनीले आत्मसात गर्दै अघि बढिरहेको देखिएको छ । यस अवधीमा भारत, बंगलादेश, मलेसिया, श्रीलंका सहितका तीन दर्जनभन्दा बढि देशमा आफ्नो व्यवसाय सञ्जाल विस्तार गर्न सफल भइसकेको छ । उल्लेखित देशहरुबाट नेपाल पुनर्बीमा कम्पनीले व्यवसाय समेत भित्राउन सफल भएको छ ।
सुरुमा १० अर्ब चुक्ता पुँजिबाट सुरु भएको कम्पनीले हाल १२ अर्ब ८१ करोड पुर्याइसकेको छ । हाल कम्पनीको अध्यक्षमा देव राज ढुगांना रहेका छन् भने कम्पनीको सिईओमा सुरेन्द्र थापा रहेका छन् ।
नेपाल पुनर्बीमा कम्पनी आगामी दिनमा अन्तर्राष्ट्रिय व्यवसायतर्फ अघि बढ्नुपर्ने अवस्थामा छ । देशभित्रको सीमित बीमा बजारले मात्रै नेपाल पुनर्बीमाको थप व्यवसाय विस्तार नहुने हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरी पुनर्बीमा व्यवसाय भित्राउनुपर्नेछ ।