अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प बिजयी, औपचारिक घोषणा हुन बाँकी

२१ कार्तिक २०८१, बुधबार १३:११

काठमाडौं । अमेरिकामा हिजो सम्पन्न भएको निर्वाचनबाट रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प बिजयी निश्चित गराउन सफल भएका छन् । फक्सन्यूजका अनुसार डोनाल्ड ट्रम्प अमेरिकाका ४७ औं राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् । डेमोक्र्याटिक तर्फका उम्मेदवार कमला ह्यारिसलाई हराउँदै ट्रम्प नयाँ इतिहाससहित राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यद्यपि औपचारिक घोषणा हुन भने बाँकी नै छ । ४६ औं राष्ट्रपति जोईबाइडेनको पदावधी यही जनवरी २५ मा सकिदैछ । डोनाल्ड ट्रम्प अमेरिकाका ४५ औं राष्ट्रपति हुन् । उनको यो दोस्रो कार्यकाल हो । जुन १४, १९४६ मा जन्मिएका ट्रम्प अहिले ७८ वर्षका भएका छन् ।

पेन्सलभानिया, जर्जिया, नर्थ क्यारिलिना, विन्सकनसिन राज्यको अन्तिम नतिजासँगै डोनाल्ड ट्रम्पको जित निश्चित भएको छ । यद्यपि मत गणना अझै जारी छ । कूल २७० इलेक्टोरल मत आवश्यक पर्ने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पूर्व राष्ट्रपति ट्रम्पले २७७ मत प्राप्त गरिसकेका छन् ।

न्यूयोर्क टाईम्सले पनि डोनाल्ड ट्रम्पको बिजय निश्चित भएको जनाएको छ । न्यूयोर्क टाइम्सले ९५ प्रतिशत ट्रम्पले जित्ने प्रक्षेपण गरहेको छ । कूल मत मध्ये ५१ प्रतिशत डोनाल्ड ट्रम्पले प्राप्त गरेका छन् भने कमला ह्यारिसले ४७ प्रतिशत मत प्राप्त गरेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*