रिलायन्स स्पिनिङ्ग मिल्सले बोलायो साधारणसभा
२१ कार्तिक २०८१, बुधबार ११:२०
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले ३० औं वार्षिक साधारणसभा कात्तिक २९ गते बिहीबार बोलाएको छ। कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा काठमाडौंको कमलादीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा आर्थिक प्रतिवेदन माथि छलफल गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समिति अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनी ऐनको दाफा १०५ उपदफा १ को ग कार्यान्वयन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।