सानिमा लाइफको सर्किट लेभलमा कारोबार हुँदा १७ कम्पनीको शेयरमा नकारात्मक सर्किट

२० भाद्र २०७८, आईतवार १५:३६

काठमाडौं । साताको पहिलो दिन पूँजीबजारमा हालसम्मकै उच्च गिरावट आउँदा नेप्सेमा सूचिकृत २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता किनबेच भएको छ । आज नेप्से परिसूचक १०८.२६ अकंले घट्दा कम्पनीको कारोबार ११ अर्ब माथिको कारोबार भएको छ ।

आज नेप्सेमा भारी गिरावट आउदा समेत सानिमा लाईफ इन्स्योरेन्सको सर्किट लेभलमा कारोबार भएर सर्वाधिक कमाउन सफल भएको छ । साथै मनकामना स्मार्ट लघुवित्तको ४.०२ प्रतिशत अकं, गुँरास लघुवित्तको १.९४ प्रतिशत अकं, गुडवइल फाइनान्सु डिबेन्चरको १.९३ प्रतिशत अकं र प्रोगेसीभ फाइनान्सको १.७६ प्रतिशत अकंले वृद्धि भएको हो ।

त्यस्तै, गुमाउने कम्पनीहरुमा नाराणनी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, एलसीएफसी फाइनान्स, रिलाइन्स फाइनान्स, अरुण काबेली, यूनिर्भसल पावर, हिमालयन उर्जा विकास, रुरु जलविद्युत परियोजना, सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट, ग्रिन लाईफ हाईड्रोपावर, माउन्टेन हाईड्रो नेपाल, पाचथर पावर र दिव्यश्वरी हाईड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*