सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख २० हजार कित्ता शेयर बिक्रीमा

२१ कार्तिक २०८१, बुधबार १०:३८

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख २० हजार २१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक सेयरधनी नन्द किशोर शर्माले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए पश्चात कम्पनीका विद्यमान संस्थापकलाई शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।

शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (कात्तिक २१ गते) ले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौंमा आवेदन दिन सकिनेछ ।

तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम सर्वसाधारणलाई शेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*