अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प बिजय नजिक

२१ कार्तिक २०८१, बुधबार १०:४१

काठमाडौं । अमेरिकामा हिजो सम्पन्न भएको निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प बिजय नजिक पुगेका छन् । न्यूयोर्क टाईम्सले डोनाल्ड ट्रम्पको बिजय सम्भावना ८९ प्रतिशत रहेको देखाएको छ । यद्यपि अन्तिम नतिजाका लागि भने अझै केही समय प्रतिक्षा गर्नुपर्नेछ । फक्सन्यूजले अहिले नै बिजयी घोषणा गर्नु हतार हुने भन्दै शिर्षक राखेरै समाचार बनाएको छ । त्यस्तै, सिएनएनले पनि अहिले नै को बिजयी हुन्छ भनेर घोषणा गर्नु हतार हुने उल्लेख गरेको छ ।

हिजो सम्पन्न निर्वाचनको मत गणना पछिल्लो छ घण्टाभित्रै धमाधम बाहिर आइरहेको छ यो समाचार तयार पार्दासम्म ट्रम्पले २३० इलेक्टोरल भोट पाइसकेका छन् भने विपक्षी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले २२६ इलेक्टोरल भोट पाएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

विश्वकै शक्तिशाली देश अमेरिकी निर्वाचनको मत परिणाम विश्वभरकै लागि चासो र बहसको विषय भइरहेको छ । आप्रबासी कानुन कडा बनाउने घोषणा गरेका डोनाल्ड ट्रम्प र डेमोक्रेसीको एजेण्डालाई अघि सारेका कमला ह्यारिस बीचको रोचक प्रतिस्पर्धा चलेको थियो ।

अमेरिकी चुनावमा निर्णायक मानिएको जर्जिया, भर्जिनिया, पेन्सिलभानिया, मेचिगन राज्य अमेरिकी राष्ट्रपतिको निर्वाचनमा निर्णायक बनेर उभिएका छन् । ति राज्यको अन्तिम मत परिणामले नै ट्रम्प र कमला ह्यारिसको भविष्य निर्धारण गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*