नेप्सेमा उच्च अंकको गिरावट, १०८ अंकले घट्यो मूल्य परिसूचक

२० भाद्र २०७८, आईतवार १५:२४

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उच्च गिरावट आएको छ । नेप्सेमा हालसम्मकै सबै भन्दा उच्च गिरावट आएको हो । आज नेप्से उच्च अंक १०८.२६ अंकले घटेर २८१८.७३ विन्दुमा पुगेको छ ।

नेप्सेमा भारी गिरावट आएँदा आइतबार नेप्सेमा सूचिकृत २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४४ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक निर्जीबन बीमा समूहमा ५१९.४६ अंकले घटेको हो । त्यस्तै, जीवन बीमा समूहमा ५११.७८ अंकले घटेको हो ।

सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज ७० करोड ३३ लाख ३० हजार २०८ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, सानिमा लाइफ इन्स्योरेन्सको सर्किट लेभलमा कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*