साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२० भाद्र २०७८, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ । आज नेप्सेमा सूचिकृत २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४४ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज ७० करोड ३३ लाख ३० हजार २०८ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ३० करोड १९ लाख, नेपाल बैंक लिमिटेडको २५ करोड ३१ लाख, नबिल बैंक लिमिटेडको २४ करोड ६५ लाख र रिडि हाइड्रोपावर डेभलपमेन्टको २१ करोड ९१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*