मनकामना केबलकार आजदेखि संचालनमा

२० भाद्र २०७८, आईतवार १४:४३

काठमाडौं । कोरोना भाइरसका कारण बन्द गरिएको मनकामना केबलकार आजदेखी पुुनः संचालनमा आएको छ । गोरखा जिल्लामा निषेधाज्ञा हटेलगत्तै केबलकार संचालनमा आएको हो ।

उक्त केबलकार गत वैशाख १६ गतेदेखि कोरोनाको जोखिमलाई मध्यनजर गर्दैे निषेधाज्ञा जारी भएसँगै बन्द गरिएको थियो । केबलबार बन्द हुुँदा दर्शनार्थीको संख्या घटेसँगै सो क्षेत्रका सयौं ब्यवसायी प्रभावित भएका थिए ।

मनकामना केबलकार पुनः संचालनमा आए पनि मन्दिरभित्र प्रवेश अनुमति नदिएकाले पूजाआजा बाहिरबाटै गर्नुपर्नेछ । केबलकार चढ्न जानेले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालन गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*