सूचना आयोगको प्रमुख आयुक्तमा डा.आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
२० कार्तिक २०८१, मंगलवार १३:४०
काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा.सुरेश आचार्यलाई सिफारिस गरिएको छ। आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ ।
यसअनुसार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका डा. आचार्य प्रमुख आयुक्तमा सिफारिस गर्ने भएका हुन् । आयुक्तमा प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष गगन विष्ट र प्रेस काउन्सिल नेपालको सदस्य दुर्गा भण्डारी सिफारिस भएका हुन् ।
सिफारिस पदाधिकारीलाई मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ खुवाउनेछन् ।