आजसम्म कायम शेयरधनीले लिबर्टी इनर्जी र बलेफि हाईड्रोपावरको हकप्रद पाउने
२० कार्तिक २०८१, मंगलवार १०:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आजसम्म कायम शेयरधनीहरुले लिबर्टी इनर्जी र बलेफि हाईड्रोपावरको हकप्रद पाउने भएका छन् ।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि भोलि (कात्तिक २१ गते) एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।
लिबर्टी इनर्जीले ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद निष्कासन गर्नेछ ।
त्यस्तै बलेफि हाईड्रोपावरले हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको प्रतिसेयर १ सय रुपैयाँ अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता साधारण सेयरको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ ।