अमेरिकी राष्ट्रपतिको निर्वाचन आज सुरु हुँदै, मतदान सुरु नहुँदै आठ करोड मतदाताद्वारा मतदान
काठमाडौं । अमेरिकामा ६० औं राष्ट्रपतिको निर्वाचन आज हुँदैछ । नेपाली समय अनुसार आज अपरान्हपछि अमेरिकामा भोटिङ सुरु हुनेछ । अमेरिकी समय अनुसारको नोभेम्वर ५ तारिखका दिन विहानदेखि साँझसम्म मतदानको समय निर्धारण गरिएकोछ । फरक फरक स्टेटमा फरक फरक मतदानको समय तोकिएको छ ।
अमेरिकी निर्वाचनमा डेमोक्र्याटिक तर्फबाट कमला ह्यारिस चुनावी मैदानमा छन् । उनलाई वर्तमान राष्ट्रपति जोई बाइडेनको साथ रहेको छ भने ह्यारिस स्वयम् पनि उप राष्ट्रपति हुन् । त्यस्तै, अर्का उम्मेदवार डोनाल्ड ट्रम्प हुन् । उनी रिपब्लिकन तर्फबाट उम्मेदवार बनेका छन् । ट्रम्प पूर्व राष्ट्रपति हुन् । ट्रम्पले यसअघि उत्तर कोरियाली नेपाल किम जोङ उनसँग वार्ता गरेर चर्चामा आएका थिए । आज हुने निर्वाचनमा अनलाईनमाध्यममार्फत हुने भएकोले आज साँझसम्म कतिपय ठाउँको नतिजा आउने सुरु हुनेछ । त्यस्तै, कतिपय ठाउँमा निर्णायक अर्लि भोटिङको प्रयोग हुनेछ ।
रोचक कुरा के छ भने कूल १६ करोड जति मतदाताले आज हुने मतदानमा मतदान गर्ने अनुमान गरिएको छ । सो मध्ये आठ करोड १० मतदाताले मतदान सुरु हुनु अघि नै अर्लि भोटिङ विधिमार्फत मतदान गरिसकेका छन् । अमेरिकी नागरिकहरुलाई चार राज्यमा बाहेक ४७ राज्यमा अर्लि भोटिङ सुविधा छ । कूल ५० राज्य र एक जिल्ला रहेको अमेरिकामा चार वटा राज्यमा मात्रै अर्लि भोटिङ सुविधा छैन ।
अन्य सबैमा कुनै न कुनै रुपमा अर्लि भोटिङ सुविधा रहेको छ । जसमा न्यूनतम् पाँच दिनदेखि अधितम् ४६ दिन पहिले नै मतदान गर्ने सुविधा छ । अर्लि भोटिङ सम्बन्धी व्यवस्था राज्य अनुसार फरक फरक रहेकोछ ।
सो अनुसार आधा अमेरिकीहरुले हिजोसम्म मतदान गरिसकेका छन् । कूल ३३ करोड ४९ लाख जनसंख्या रहेको अमेरिकामा कूल १६ करोड मतदाताले आजको मतदानमा भाग लिने विश्वास गरिएको छ । सो मध्ये आठ करोड १० लाख भन्दा बढिले अर्लि मतदानमा सुविधामार्फत भोट खसाली सकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।
आज हुने निर्वाचनबाट आगामी जनवरी २० मा नयाँ राष्ट्रपतिको शपथ हुनेछ । त्यसपछि ह्यारिस र ट्रम्प मध्ये एक जनाले अमेरिकी शासनको बागडोर सम्हाल्नेछन् ।