काठमाडौँको बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ
१९ कार्तिक २०८१, सोमबार १४:३१
काठमाडौँ । काठमाडौंको बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी रामनगर पार्टी प्यालेस नजिकैबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २० जनालाई पक्राउ गरेको हो। उनीहरूबाट ६ लाख ६९ हजार ८१० नगद बरामद गरेको छ।
प्रहरी वृत्त बौद्धबाट यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।