विश्वको सबैभन्दा प्रदूषित शहरमा दिल्ली, काठमाडौँ १८औंस्थानमा
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषणको सूचकमा विश्वमा पहिलो स्थानमा रहेको छ। आईक्यु एयर वेबसाइटका अनुसार दिल्लीको वायु गुणस्तर सूचक ४१२ एक्युआई प्लस यूएसमा पुगिसकेको हो ।
पाकिस्तानको लाहोर वायु प्रदूषण धेरै हुने दोस्रो नम्बरमा परेको छ । सो क्षेत्रमा स्थानीय प्रशासनले नोभेम्बर ४ देखि एक हप्ताका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। लाहोरको एक्युआई २२० रहेको छ ।
भारतको कलकत्ता तेस्रो, इजिप्टको कायरो चौथो र बंगलादेशको ढाका पाँचौँ स्थानमा रहेको छ। चीनको वुहान छैटौँ स्थानमा, भियतनामको होनाइ सातौँ, यूएईको दुबई आठौँ र भारतको मुम्बई नवौँ स्थानमा पर्छन्। मंगोलियाको उलानबाटर पनि प्रदूषित शहरको सूचीमा दशौँ स्थानमा छ।
काठमाडौँले १८औं स्थानमा रहेको छ । काठमाडौँको वायु प्रदूषण सूचक ११३ एक्युआई रहेको छ।
फाइल तस्बिर