नेशनल हाइड्रोको वित्तीय स्थितिः चुनौतीहरूको सामना गर्दै दीर्घकालीन स्थिरताको खोजी

१९ कार्तिक २०८१, सोमबार १०:४१

काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको वित्तीय स्थिति पछिल्लो केही वर्षमा परिवर्तनशील रहिआएको छ । कम्पनीले २०२० देखि २०२४ सम्मका वर्षहरूमा वित्तीय प्रदर्शनमा विभिन्न उतारचढावहरू भोगेको हो ।

कम्पनीले ७.५ मेगावाटको इन्द्रवती– जलविद्युत परियोजना सञ्चालन गर्दैछ र ४.५ मेगावाटको नयाँ परियोजना विकासको क्रममा रहेको छ । हालको वित्तीय वर्ष २०२४ सम्म कम्पनीको अपरेटिङ आम्दानी १८९ मिलियन रुपैयाँमा सीमित रहेको छ, जुन विगतका वर्षहरूमा गिरावटमा छ । २०२१ मा भने, कम्पनीले १६० मिलियन रुपैयाँको मात्र आम्दानी गरेको थियो ।

कम्पनीको OPBDITA अनुपातमा पनि कमी आएको छ, जुन २०२२ मा ३३ प्रतिशतसम्म झरेको थियो । यसले कम्पनीको अपरेटिङ मार्जिनमा दवाब परेको संकेत गरेको छ । कम्पनीको कुल ऋण र ट्यांजिबल नेट वर्थको अनुपात सन् २०२३ मा ०.२४ पुगेको छ ।

इंटरेस्ट कवरेज अनुपातमा पनि गिरावट आएको छ । २०२१ मा यो ३.३६ थियो, जबकि २०२४ मा यो २.३८ मा झरेको छ । यसले कम्पनीको ऋण चुकाउने क्षमतालाई चुनौती दिन सक्ने इक्रा नेपालले जनाएको छ । डिस्कभरि रेटको अवस्था पनि चिन्ताजनक छ, जुन सन् २०२४ मा १.४३ मात्र रहि, वित्तीय सन्तुलनको दृष्ट्रिकोनबाट जोखिममा छ।

हालको अनुपात सन् २०२३ मा न्यूनतम ०.०७ पुगेको छ । इक्रा नेपालले कम्पनीको इश्यू रेटिंगलाई BB+ मा कायम राखेको छ, जुन कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिमको रूपमा व्याख्या गरिएको छ । कम्पनीको दीर्घकालीन र छोटो अवधि रेटिंगहरू पनि स्थिर रहँदै आएका छन्, तर यथास्थितिमा सुधारको आवश्यकता छ ।

कम्पनीको भविष्यमा, नयाँ ४.५ मेगावाटको परियोजना सञ्चालनमा आएपछि आम्दानी र नगद प्रवाहमा सकारात्मक परिवर्तन आउन सक्ने आशा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*