ह्वाइट लोटस पावरले आईपीओ निष्काशन गर्ने
काठमाडौँ । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ ।
कम्पनीको चौथो वार्षिक साधारण सभा मंसिर ११ गते काठमाण्डौको थापाथलीमा रहेको शिखर बिज सेन्टरमा दिनको ४ बजेदेखि सुरु हुनेछ । उक्त सभामा कम्पनीको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने, सहायक कम्पनी र अन्य परियोजनामा लगानी गर्ने ,स्वतन्त्र सञ्चालकसहित सञ्चालक नियुक्ती गर्ने लगायतका अन्य विविध प्रस्तावहरु पारित गरिनेछ ।
ह्वाइट लोटस पावरले जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिसेयर अंकित मुल्य रु १०० दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ ।
आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ ।