सिजी हिरोको ‘एक्कासी मालामाल दशैं–तिहार अफर’: एक भाग्यशाली ग्राहकलाई पाँच लाख नगद पुरस्कार

१५ कार्तिक २०८१, बिहीबार ११:१७

काठमाडौँ  । सिजी हिरोले दशैं–तिहारको अवसरमा ल्याएको एक्कासी मालामालः दशैं–तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार अफर अन्तर्गत लहानस्थित सिटी ट्रेड कन्सर्न शोरुमबाट हिरोको स्प्लेण्डर प्लस मोडल खरिद गरेका राम किशुन यादवले पाँच लाख नगद क्यास ब्याक जित्न सफल भएका छन्। यादव अफर अन्तर्गत नगद पुरस्कार जित्ने पहिलो भाग्यशाली विजेता हुन्।

यस अफर अन्तर्गत हिरो ब्रान्डका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकहरूले स्क्र्याच कार्डमार्फत नगद ५ लाखसम्म जित्न सक्ने अवसर पाएका छन्। साथमा बम्पर उपहारमा नेटा भी इलेक्ट्रिक कार समेत जित्न सकिनेछ। यो अफरले सिजी हिरोका ग्राहकहरूलाई थप रोमाञ्चित बनाएको छ।

नेपालभर हिरो ब्रान्डको लोकप्रियता र बिक्रीमा निरन्तर वृद्धि भइरहेको छ। सिजी मोटर्सले देशभर ६० भन्दा बढी हिरो शोरुमहरू सञ्चालन गरिरहेको छ र आगामी दिनमा थप शोरुम विस्तार गर्ने योजनामा छ। कम्पनीले सेल्स, सर्भिस, तथा स्पेयर पार्ट्सको नेटवर्कलाई नेपालभर द्रुत रूपमा विस्तार गरिरहेको छ जसले ग्राहकहरूको सेवामा सहजता थप गरेको छ।

सिजी हिरोले आफ्ना ग्राहकहरूको विश्वास र सन्तुष्टिका लागि मोटरसाइकल तथा स्कुटर खरिदमा पाँच वर्षे वारेन्टीको सुविधा उपलब्ध गराएको छ। नेपाली बजारमा अत्यधिक रुचाइएका सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, एक्स पल्स जस्ता लोकप्रिय मोडेलसहित नयाँ जुम ११० स्कुटर पनि उपलब्ध गराएको छ। यी उत्पादनहरूमा यूनिक फिचरहरू समावेश गरिएका छन्, जसले नेपाली बजारमा नयाँ बेन्चमार्क स्थापित गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*