शेयर बजारमा सर्किट ब्रेक , ४० मिनेटका लागि बजार बन्द

२० भाद्र २०७८, आईतवार १३:१६

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ५ प्रतिशत भन्दा तल घटेर सर्किट बे्रक लागेको छ। आज बजार खुलेको २ घण्टा बित्न ५ सकेन्ड बाँकी नेप्से ५ दशमलव ०३ प्रतिशतले घटेपछि सर्किट ब्रके लागेको हो ।

सर्किट लागेसँगै नेप्से ४० मिनेटका लागि बन्द हुने भएको छ।नेप्समा यो हालसम्मकै सबै भन्दा उच्च गिरावट हो । १२ बजेर ५९ मिनेटमा नेप्से ५ प्रतिशतले बढेपछि सर्किट लागेको हो । हाल सम्म आज ७ अर्ब १९ करोडको कारोबार भएको छ ।
नेप्सेमा सर्किट ब्रेकको नियम अनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित गरिने व्यवस्था रहेको छ ।
दोस्रो घण्टामा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित गरिन्छ ।तेस्रो घण्टा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित गर्ने व्यवस्था रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*