४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् सर्वाधिक मूल्य वृद्धि भएका कम्पनीहरु
१४ कार्तिक २०८१, बुधबार १५:१८
काठमाडौँ । तिहार अघिको अन्तिम कारोबारको दिन बुधबारका दिन शेयर बजार झिनो अंकले घटेको छ । नेप्से परिसूचक आज १४ दशमलव ४३ अंकले घटेर २६७७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार ७५ वटा कम्पनीको शयरमूल्यमा हरियाली छाएको छ । आज गुराँस लघुवित्त, मिड सोलु हाइड्रोपावर, अप्पर स्याङ्गे हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साथै, बुधबार सानिमा जिआइसी इन्स्योरेन्सको ९.९२ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ९.९२ प्रतिशतले बृद्धि भएको छ ।