ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौताः युएईबाट नेपालमा सजिलै पैसा पठाउने सुविधा

१४ कार्तिक २०८१, बुधबार १२:००

काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबीच रेमिटेन्स सुविधा प्रदान गर्ने सम्झौता भएको छ । यससँगै विश्वका विभिन्न देशहरूबाट ग्लोबल रेमिट मार्फत नेपालमा सजिलै पैसा पठाउन सकिने भएको छ ।

सम्झौताअनुसार देश बाहिर रहेका नेपालीहरूले ग्लोबल आइएमई बैंकको खातामा र नेपालका अन्य बैंक र वित्तीय संस्थामा सहज तरिकाले रेमिटेन्स पठाउन सक्नेछन्। युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकमार्फत रेमिटेन्स सेवा प्रदान गर्दै आएको छ।

युएई तथा विश्वको विभिन्न देशबाट ग्लोलब रेमिटमार्फत ग्लोबल आइएमई बैंकमा पठाइएको पैसा नेपालभरि रहेका बैंकका सम्पूर्ण शाखा कार्यालयहरू र ५० हजारभन्दा बढी आइएमई लिमिटेडका एजेन्टहरूमार्फत भुक्तानी लिन सकिनेछ।

ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ जस्ता सम्मान प्राप्त गरेर नेपालको उत्कृष्ट बैंकको रूपमा आफ्नो स्थान बलियो बनाएको छ। यस बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा र १,१०० भन्दा बढी सेवा केन्द्र छन्।

ग्लोबल आइएमई बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरूको अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स भित्र्याउने सुविधा पनि प्रदान गर्दै आएको छ। यसले संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, साउदी अरब, कतार, बहराइन, भारत, जोर्डन, कुवेत र युएई जस्ता देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*