विन्ध्यावासीनी हाइड्रोपावरको लाभांश घोषणा
१४ कार्तिक २०८१, बुधबार १०:५६
काठमाडौ । विन्ध्यावासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनी सञ्चालक समितिको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले लाभांश घोषणा भएको हो ।