फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

१४ कार्तिक २०८१, बुधबार १०:२३

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*