इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१४ कार्तिक २०८१, बुधबार ०९:४२

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ५४ हजार ५१६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयरमध्ये २१ हजार कित्ता शेयर सर्वसाधारणले र ३३ हजार ५१६ कित्ता शेयर संस्थापक शेयरधनीले किन्न पाउँछन् । संस्थापकका लागि ३५ दिन र सर्वसाधारणका लागि १५ दिन म्याद दिइएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुकले आवश्यक पर्ने कागजात सहित नवलपरासी गैडाकोट–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*