सर्पाेट लघुवित्तको नाफा ६३ प्रतिशत वृद्धि
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा खुद नाफा ६३.०८ प्रतिशत वृद्धि भएको हो ।
असोज मसान्तसम्म आइपुग्दा कम्पनीले २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १५ लाख ९८ हजार रुपैयाँ मात्र थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १ करोड ४४ लाख रुपैयाँबाट बढेर १ करोड ९४ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा २५ लाख रुपैयाँबाट बढेर २९ लाख रुपैयाँ पुगेको छ ।
यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी १० करोड ८७ लाख रुपैयाँभन्दा बढी छ । जुन गत वर्ष २ करोड २२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा १.६७ प्रतिशतबाट घटेर १.६४ प्रतिशतमा झरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० करोड ७६ लाख रुपैयाँ छ भने रिजर्भ एण्ड सरप्लसमा ५ करोड ६० लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी ९.६९ रुपैयाँ रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ १५२.०५ रुपैयाँ छ ।