आज काग तिहार मनाइँदै
१४ कार्तिक २०८१, बुधबार ०८:०९
काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ ।
कागलाई सन्देशवाहक र यमराजको दूत मानिन्छ, जसले जीवनमा आउने शुभ–अशुभ घटनाहरूको सूचना दिने विश्वास गरिन्छ।
यस दिन कागलाई भोजन अर्पण गरिन्छ र यसलाई सम्मान गरेर परम्परागत रूपमा छत वा घरको आँगनमा राखिन्छ। कागलाई खुशी पार्दा उसले शुभ समाचार ल्याउने र परिवारको रक्षा गर्ने विश्वास रहीआएको छ।