स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
१३ कार्तिक २०८१, मंगलवार १७:४४
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २५।५० प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठके यो वर्ष ६।५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।