नेप्सेमा हिमालयन उर्जाको ९९ लाख कित्ता हकप्रद शेयर सूचीकृत
१३ कार्तिक २०८१, मंगलवार १६:५६
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । मंगलबार हिमालयन उर्जा विकासको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शतप्रतिशत अर्थात् ९९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । अब उक्त शेयर भोलिदेखि कारोबार आउनेछ ।