एनएमबि सरल बचत फण्ड–ईमा ७१ हजार बढीको आवेदन, यस्तो छ कम्पनीको वित्तीय अवस्था

२० भाद्र २०७८, आईतवार १२:१९

काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले भदौँ १७ गतेदेखि खुलामुखी म्युचुअल फण्ड एनएमबि सरल बचत फण्ड–ई बिक्रिमा ल्याएको छ। कम्पनीको फण्डमा ७१ हजार ३ सय ३३ जना आवेदकले ३ करोड ७० लाख ३ हजार ३० कित्ता शेयरका लागि आवेदन दिईसकेको छ । कम्पनीले भदौँ १७ गतेदेखि खुलामुखी म्युचुअल फण्ड एनएमबि सरल बचत फण्ड–ई सम्बन्धी सम्पूर्ण जानकारी यस प्रकार रहेको छ। फण्डमा छिटोमा २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कोष प्रवद्र्धकको संक्षिप्त इतिहास :

एनएमबि बैंक लिमिटेड कम्पनी ऐन, २०२१ (संशोधन सहित) अन्तर्गत २०५२ साल आश्विन २९ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । बैंकले वित्त कम्पनी ऐन, २०४२ अन्तर्गत २०५३ साल पौष ४ गते नेपाल राष्ट्र बैंकबाट कारोवारको स्वीकृति प्राप्त गरी मिति २०५३ साल पौष ११ गते देखि आफ्नो वित्तीय कारोवार सञ्चालन गर्दैआएकोमा नेपाल राष्ट्र बैंकबाट “क” वर्गको रुपमा स्तर वृद्धि गर्नबैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ अनुरुप आवश्यक स्वीकृति प्राप्त गरी २०६५÷०१÷२४ देखि “क” वर्गको बैंकको रुपमा कारोवार सञ्चालन गर्दै आएकोछ । ५.५ कोष प्रवद्र्धक कम्पनीको प्रमुख उद्देश्यहरु

क) बैंकको निक्षेपकर्ताको हक हितको संरक्षण र सम्बद्र्धन गर्दै स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दाे बैंकिङ्ग÷वित्तीय मध्स्यथता सेवा उपलब्ध गराउने,

ख) कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रुपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवम्उत्पादकत्व बृद्धिका लागि आवश्यक बैंकिङ्ग÷वित्तीय साधन आन्तरिक तथा बाह्य स्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवम्कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पु¥याउने,

ग) उपलब्ध शीप, श्रम तथा पूँजीलाई उचीत परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एवम्रोजगारीमूलक व्यवसायको स्थापना, सञ्चालन, विकास, विस्तार एवम्प्रबर्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिबी निवारणका लागि सक्रिय रुपमा संलग्न भई सहयोग पु¥याउने,

घ) बैंकिङ्ग/ वित्तिय सेवामा जोखिम कम गर्दै बैंकिङ्ग÷वित्तीय क्षेत्रको उदारीकरणमा मद्दत पु¥याउने,

ङ) मुलुकमा छ

(सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम २४ को व्यवस्था बमोजिम जारी गरिएको ।) प्रति इकाई मूल्य रु.१०÷– दरको १०,००,००,००० (दश करोड) इकाईको ४०% अर्थात्४,००,००,००० (चार करोड) यस विवरण पुस्तिकाको शर्त अनुसार प्रथम चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिनेछ । उक्त निष्काशन गरिने इकाई मध्ये योजनाको कुल आकारको १४ प्रतिशत इकाई अर्थात् १,४०,००,००० (एक करोड चालीस लाख) कोष प्रवद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात्१०,००,००० (दश लाख) योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखी बाँकी २,५०,००,००० (दुई करोड पचास लाख) इकाईको सार्वजनिक निष्काशन गरिनेछ ।

योजना व्यवस्थापकको परिचय :

(क) योजना व्यस्थापकको नाम :एनएमबि क्यापिटल लिमिटेड

(ख) योजना व्यवस्थापक स्थापित भएको ऐन/नियम सम्बन्धी विवरण योजना व्यवस्थापक कम्पनी ऐन, २०६३ अन्तर्गत धितोपत्र व्यवसायी – मर्चेन्ट बैंकरको रुपमा स्थापना भएको हो ।

(ग) योजना व्यवस्थापकको रजिष्टर्ड ठेगाना : बागमती अञ्चल, काठमाडांैजिल्ला, काठमाडौं महानगरपालिका वडा नं.–१, नागपोखरी ।

(घ) योजना व्यवस्थापकको स्थापनाकालदेखि हालसम्मको संक्षिप्त इतिहास : कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०६७/०२/०५ मा दर्ता भएको यस कम्पनीले मिति २०६७/०५/०७ मा मर्चेन्ट बैंकरको रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकिङ्ग सेवाहरु – निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति तथा शेयर रजिष्ट्रार सेवाहरु प्रदान गर्दै आएकोछ,

साथैकम्पनीले मिति २०७०/०२/१० मा नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य गर्ने र मिति २०७५/०८/१७ मा लगानी परामर्शको कार्य गर्ने अनुमति प्राप्त गरेको छ ।

(ङ) योजना व्यवस्थापकको प्रमुख उद्देश्यहरु :प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम योजना व्यवस्थापकको प्रमुख उद्देश्यहरु देहाय बमोजिमका रहेका छन्ः

(१) धितोपत्र निष्काशनका लागि विवरणपत्र, बिक्री सम्बन्धी प्रस्ताव तथा अन्य विवरण तयार गर्ने लगायत धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी आवश्यक सबै कार्यहरु गर्ने,

(२) संगठित संस्थासँग सम्झौता गरी संगठित संस्थाले निष्काशन गरेको धितोपत्र बिक्री नभएको अवस्थामा आफूले खरीद गर्न प्रत्याभूति दिने कार्य गर्ने,
(३) संगठित संस्थाको तर्फबाट धितोपत्रधनीहरुको अभिलेख राख्ने तथा धितोपत्रहरुको नामसारी लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी अन्य सेवा प्रदान गर्ने,
(४) ग्राहकसँग सम्झौता गरी ग्राहकका लागि लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्ने,

 योजना व्यवस्थापकको भावी योजना तथा रणनीति :

(क) व्यवसाय/ सेवाको बृद्धिका लागि योजना व्यवस्थापकको भावी योजना र त्यस्तो योजनाको प्राप्तिका लागि चालिने समयवद्ध रणनीति ः कम्पनीले बजारको अवस्था हेरी यस योजनाका अतिरिक्त अन्य विभिन्न योजनाहरुसमेत सञ्चालनमा ल्याउनेछ । व्यवसाय विस्तारको लागि आफ्नो कार्य क्षेत्रभित्र रही÷बोर्डको आवश्यक स्वीकृति लिई
इन्भेष्टमेन्ट तथा मर्चेन्ट बैंकिङ्ग क्षेत्र अन्तर्गत नयाँ सेवाहरु संचालन गर्ने, समय सापेक्ष नयाँ प्रविधिहरुको प्रयोग गरी देशभर आफ्नो सेवा विस्तार गर्ने योजना राखेको छ ।

(ख) प्रतिस्पर्धा, विद्यमान आर्थिक स्थिति र समान किसिमको उद्योगको स्थितिको आधारमा योजना व्यवस्थापकको व्यवसायको भविष्य ः नेपाली पूँजी बजारमा सामूहिक लगानी कोषको संचालन भएको करिब आठ वर्ष भएको छ र यस संस्था आफैले संचालन गरेका पहिलो योजना परिपक्क भई हाल दुई योजना संचालन गरीरहेको अनुभव छ ।

यस प्रकारको सेवा प्रदान गर्न केहि कम्पनीहरु योजना संचालन गरी अनुभव प्राप्त स्थापित छन्भने केहि सेवाको प्राथमिक चरणमै रहेका छन्। यस कम्पनीले आफ्नो क्षेत्रमा प्रतिस्पर्धी रहन आवश्यक रणनीति तयार गरेको छ र लगानीमा रहेका जोखिमहरु कम गर्न पूँजी बजारका महत्वपूर्ण सिद्घान्तहरु अनुशरण गरिएको छ । यसै अनुरुप यस कम्पनी विगतमा झैं भविष्यमा पनि नेपालको पूँजी बजारको एक जिम्मेवार र संवेदनशिल भई व्यवसाय विस्तार गर्नेछ ।

योजनाको अवधि : लागू नहुने योजना परिपक्क हुनेमिति : लागू नहुने आवेदन दिनुपर्ने न्यूनतम इकाई संख्या : १०० (एक सय) (प्रति इकाई मूल्य रु. १०/– का दरले रु. १,०००/–) आवेदन गर्न सकिने अधिकतम इकाई संख्या : ४०,००,००० (चालीस लाख) (प्रति इकाई मूल्य रु. १०/– का दरले रु. ४,००,००,०००/–

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*