गणपति लघुवित्तको सञ्चालकमा तुलसा खरेल मनोनित

१३ कार्तिक २०८१, मंगलवार १२:३४

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको १२२औं बैठकले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा तुलसा खरेललाई मनोनयन गरेको छ। कात्तिक १३ गते बसेको संचालक समितिको बैठकले खेरललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

खरेलको मनोनयनले कम्पनीको सञ्चालक बोर्डमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व सुदृढ हुने अपेक्षा गरिएको छ। सञ्चालक समितिको यस निर्णयले कम्पनीको व्यवस्थापकीय पक्षलाई थप मजबुती प्रदान गर्ने र शेयरधनीहरूको चासोका विषयमा प्रभावकारी काम गरिने संस्थाको विश्वास रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*