प्रथम त्रैमाससम्ममा ४१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन
१२ कार्तिक २०८१, सोमबार १८:०२
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा ४१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिसम्ममा ४१ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।