समता घरेलु लघुवित्तको एफपिओमा पहिलो दिनमै १२ गुणा बढी आवेदन

१२ कार्तिक २०८१, सोमबार १७:१८

काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा पहिलो दिनमै ४१ करोड ९० लाख ७५ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा २ लाख ६० हजार ४५४ जनाले ४१ लाख ९० हजार ७५० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ११.९४ गुणाले बढी आवेदन हो ।

कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४.२५ हकप्रद शेयर बिक्री खुला गरेको हो । साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न अपुग पूँजी पुर्याउन हकप्रद निष्काशन गरेको हो ।

कम्पनीको हकप्रदमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । २० गतेसम्म पर्याप्त आवेदन नपरेमा कात्तिक २६ गतेसम्म खुला गरिने कम्पनीले बताएको छ । आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर अनलाइन मार्फत आवेदन दिन सकिनेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*