म्यादीमा बीमा शुल्क आर्जनमा सन नेपाल र एशियन लाइफ सबैभन्दा अगाडि, अन्यको अवस्था कस्तो छ ?(तथ्यांकसहित)

१२ कार्तिक २०८१, सोमबार १७:१६

काठमाडौँ । सरकारले अनिवार्य गरेको म्यादी जीवन बीमाको दायर बढ्दै गएको छ । देशमा रोजगारी सिर्जना नभएपछि कामको शिलशिलामा विदेश जाने नागरिक बढ्दा म्यादी बीमाको दायरा बढ्न लागेको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा बैदेशिक रोजागर बीमालेखबाट ७१ करोड ७८ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन भएको छ । सञ्चालनमा रहेका १० जीवन बीमा र तीन लघु जीवन बीमा कम्पनीहरुले उक्त व्यवसाय गर्न सफल भएका छन् ।

यस अवधिमा बैदेशिक रोजगार बीमालेखबाट संकलित बीमा शुल्क आर्जनको आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो, एशियन लाइफ दोस्रो र नेपाल लाइफ तेस्रो स्थानमा रहेको छ ।

चालु आवको असोज मसान्तसम्मको अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सले सात लाख २९ हजार वटा बीमा पोलिसी जारी गरेको छ । उक्त अवधिमा कम्पनीले ३२ करोड ९१ लख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बैदेशिक रोजगार बीमालेखमा सन नेपाल लाइफ सधै अगाडि रहदै आएको छ । बैदेशिक रोजगारमा विभिन्न मुलुक जाने नागरिकहरुको रक्षावरणमा सन नेपाल लाइफले ठूलो भुमिका निर्वाह गरेको पाइन्छ

दोस्रो नम्बरमा रहेको एशियन लाइफले म्यादी बीमालेख आर्जनबाट ११ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले तीन महिनाको अवधिमा एक लाख सात हजार बीमालेख बिक्री गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले छ करोड ८० लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा पाँच लाख २२ हजार बीमालेख बिक्री गरेको छ । नेपाली बीमा क्षेत्रमा नेपाल लाइफ सबैभन्दा बढी बीमित भएको कम्पनी हो ।

समीक्षा अवधिमा म्यादि बीमालेखबाट नेशनल लाइफले पाँच करोड ६८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले चार करोड ६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले तीन करोड ९१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले तीन करोड दुई लाख रुेपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, सिटिजन लाइफले एक करोड ९५ लाख रुपैयाँ, आइएमई लाइफले एक करोड ३४ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले नौ लाख ८२ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

लघु जीवन बीमा कम्पनीहरुले पनि म्यादि बीमा व्यवसाय गरेका छन् । यस अवधिमा लिवर्टी माइक्रो लाइफले तीन लाख ६ हजार रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले ९८ हजार रुपैयाँले र गार्डियन माइक्रो लाइफले ५६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*