सिनर्जी पावरको संचालक परिवर्तन, अध्यक्षमा इन्द्र बहादुर थापा

२० भाद्र २०७८, आईतवार ११:०३

काठमाडौं । सिनर्जी पावर कम्पनी लिमिटेडले नियुक्त गरेको छ । नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनीले सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट संचालकहरु नियुक्त गरेको हो ।

कम्पनीको भदौ १८ गते बसेको संचालक समितिको पहिलो बैठकको निर्णय बमोजिम इन्द्र बहादुर थापालाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । साथै सुरेन्द्र बहादुर खड्का प्रबन्ध संचालकमा मनोनयन भएका छन् ।

त्यस्तै, संचालक पदमा अरुण सिंह बस्नेत, प्रकाश कुमार अधिकारी, गोपाल प्रसाद आर्चाय नियुक्त भएका छन् ।

सभामा १ महिला सहित ६ जना संचालकको निर्वाचन भएको हुँदा कुनै पनि महिला शेयरधनीको उम्मेदवारी नपरेकोले खाली संचालक पदमा समितिको पहिलो बैठकबाट निरु केसी कार्कीलाई नियुक्त गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*