सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनको कति बढ्यो ?

१२ कार्तिक २०८१, सोमबार १५:१३

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन बजारमा सुधार देखिएको छ । बजारमा दोहोरो अकंको सुधार देखिदा कारोबार रकम समेत वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अकंले बढेर २६४५.३६ बिन्दुमा कायम भएको छ । यसदिन ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज जानकी फाइनान्स र दोल्ती पावरको शेयरमा सर्किट लागेको हो ।

साथै, रिभर फल्स पावरको ९.५४ प्रतिशत, मेँछियम हाइड्रोपावरको ९.१३ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*